Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


भगवती चौधरीको चुनाबी गीत सार्वजनिकः सुनसरीलाई विकासको राजधानी बनाउने लक्ष्य

एक्सन खबर
असोज, २२, २०७९


भगवती चौधरीको चुनाबी गीत सार्वजनिकः सुनसरीलाई विकासको राजधानी बनाउने लक्ष्य

काठमाडौं, २२ असोज । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनकी उम्मेदवार नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीको चुनाबी गीत सार्वजनिक गरिएको छ ।

सुजता केसीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा आत्मनिर्भर, महिला सशक्तिकरण र समृद्ध नेपाल सुखी नेपालीका एजेण्डाहरु समावेश गरीएको छ । ‘सूर्य चिन्ह हाम्रै हो अरु भन्दा राम्रो हो’ भन्ने बोलको गीत राजयोग शर्माले रचेका हुन् । गीतमा सुनसरीलाई विकासको राजधानी बनाउने, कुशासनलाई फालेर जनादेशको नयाँ पाइला चाली सिंगो देशले जित्ने गरी एमालेलाई जिताउन आव्हान गरिएको छ ।

नेपाल आइडल विजेता गायक रवि ओढ तथा गायिका मुना अर्यालको सुमधुर स्वरमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन सागरबाबु भट्टले गरेका छन् । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा सजिएको गीतको भिडियो सुनसरी क्षेत्र नं. ३ को पर्यटकीय क्षेत्र बर्जुताल, गढदेव बुद्ध, इटहरीका वस्ती तथा दुहवीका स्थानीय क्षेत्रहरु समेटिएका छन् ।

म्युजिक भिडियोका निर्देशक सागरबाबु भट्टले नेकपा एमालेकी नेतृ भगवती चौधरीको महिला सशक्तिकरण, युवा स्वरोजगार, उद्यमशीलताका क्षेत्रमा अनुकरणीय योगदान रहेको चर्चा गर्दै राजनीतिमा पनि चौधरीलाई जिताएर पठाए सुनसरी क्षेत्र नं. ३ का जनताले साँच्चैको परिवर्तनको आभाष पाउने बताए । ‘सुनसरी क्षेत्र नं. ३ को आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थाको अध्ययन गरेर म्युजिक भिडियो तयार पारेका छौं । नेतृ भगवती चौधरीले अगाडी सार्नु भएका एजेण्डाले यो क्षेत्रको विकास हुन्छ भन्ने देखाउने कोशिष गरिएको छ ।’ निर्देशक भट्टले भने ।

हेर्नुहोस भिडियो














0 प्रतिकृया