Follow us:


Follow us

१८ असोज २०८३, आइतवार
१८ असोज २०८३, आइतवार


चन्द्रागिरीको दहचोकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
भदौ, २९, २०७९


चन्द्रागिरीको दहचोकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २९ भदौ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले चन्द्रागिरी नगरपालिका वडा नं. १ स्थित दहचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले दहचोक बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा आज सञ्चालन गरेको उक्त निःशुल्क स्वास्थ्य शिविरमा ९८२ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

केएमसीका जनरल मेजेनर नारायण दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा आएका मध्ये १२७ जनाको इसिजी, २१३ जनाको ल्याब परीक्षण, १९२ जनाको भिडियो एक्सरे गरिएको छ । यस्तै शिविरमा आएका मध्ये ४१ जनाको दाँत खोलिएको थियो भने, ३७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । शिविरमा जनरल मेडिसिन, स्त्री रोग, नाक कान घाँटी, छाला रोग, हाडजोर्नी, सल्यक्रिया, बाल रोग, आँखा रोग, दन्त रोग लगायतका दक्ष तथा अनुभवी चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नेछन् ।

समाजसेवी समेत रहेका केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले विपन्न, महिला तथा बालबालिका, जेष्ठ नागरिक तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका नागरिकलाई सेवा गर्ने हेतूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।















0 प्रतिकृया