Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


वीपी प्रतिष्ठान विद्यार्थी कल्याण समाजकाे अध्यक्षमा रजक निर्वाचित

एक्सन खबर
भदौ, २७, २०७९


वीपी प्रतिष्ठान विद्यार्थी कल्याण समाजकाे अध्यक्षमा रजक निर्वाचित

धरान, २७ भदौ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विद्यार्थी कल्याण समाजको निर्वाचन सम्पन्न भएको छ । लामो समयदेखि हुन नसकेको विद्यार्थी कल्याण समाजको निर्वाचन आइतबार भएको हो ।  प्रत्येक २/२ वर्षमा हुनुपर्ने उक्त निर्वाचन ७ वर्षपछि भएको हो ।

निर्वाचनले ओम शान्ति रजकको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । आचार्यले ५४४ मत ल्याएर विजयी भएका हुन् । नव गठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा यादव अर्याल रहेका छन् । उनी निर्विरोध भएका हुन् । तीन जना उपाध्यक्षमा एमविविएसबाट एञ्जिला कुँवर, विडिएसबाट मिरा देवी आचार्य र नर्सिङ्गबाट अमिशा बराइली निर्वाचित भए ।

समाजको महासचिवमा सलमान हैदर हुसेन निर्वाचित हुँदा सचिवमा जमुना बन, कोषाध्यक्षमा सुदर्शन साह निर्वाचित भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जनाएका छन् । समाजको सदस्यहरुमा डा. पवन उपाध्याय, डा. मनोज आचार्य, डा. निराजन पराजुली, अमित कुमार, सागर कार्की, सिद्धार्थ साह, मृणांक यादव, गीवर्ण पाण्डे, दिवेश कुमार मण्डल रहेका छन् ।

यस्तै अन्य सदस्यहरुमा दिवश पन्त, सुयोग झा, रमेश बहादुर बुढा, सदस्य अपेक्षा उप्रेती, माधव सर्राफ, शान्तीराम तिम्सिना, मिलन घिमीरे रहेका छन् । २७ सदस्यीय समाजमा १९ जना निर्वाचनबाट चयन भएका हुन् ।  

निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रतिष्ठानको अडिटोरियम हलमा पदस्थापना तथा शपथग्रहण गरिएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले विजयी विद्यार्थीहरुलाई बधाई दिँदै प्रतिष्ठानको विकास र विस्तारमा विद्यार्थी कल्याण समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल, रजिष्ट्रार डा. सुर्य प्रसाद संग्रौला लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । समाजको निर्वाचनका लागि डा.शमशेर श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । उक्त समितिले गत भदौ १७ गते निर्वाचन सम्पन्न गरेको थियो । प्रतिष्ठानको सञ्चालक परिषद ३२ औं सभाको निर्णय एवं कार्यकारीणी समितिबाट पारित विधान अनुरुप समाजको निर्वाचन भएको बताइएको छ ।  
















0 प्रतिकृया