Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


ताउलुङ दुकुर्नी गाउँमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर


ताउलुङ दुकुर्नी गाउँमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २४, भदौ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौंको ताउलुङ दुकुर्नी गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शुक्रबार केएमसीका चिकित्सक, नर्सहरुले बुढानिलकण्ठ वडा नं. १ स्थित उक्त स्थानमा निःशुल्क स्वास्थ्य शिविर गरेका हुन् ।

कम्युनिटी केयर नेपाल र जी.पी. फाउण्डेशनसँगको सहकार्यमा सञ्चालित उक्त स्वास्थ्य शिविरमा ९६६ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार उक्त शिविरमा १७२ जनाको इसिजी, २१६ जनाको ल्याब, १९१ जनाको भिडियो एक्सरे गरिएको थियो । साथै, शिविरमा ४२ जनाको दाँत खोलिएको र थप उपचारका लागि ३१ जनालाई ओ.टी. रेफर गरिएको छ ।

विराटनगरमा नोबेल शिक्षण अस्पताल सञ्चालन गरी समाजसेवा र स्वास्थ्य सेवामा योगदान दिएका डा. सुनिल शर्माले केएमसीको सेवालाई पनि सुगमदेखि दुर्गम क्षेत्रसम्म पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् । डा. शर्माको यो अभियानले विपन्न तथा जेष्ठ नागरिकलाई बढी लाभान्वित भएका छन् ।















0 प्रतिकृया