इटहरी–धरान राजमार्गमा तरुण दलले राख्यो ट्राफिक सचेतना बोर्डहरु
एक्सन खबर
सुनसरी, २४ भदौ । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाल तरुण दल सुनसरीले सडक दुर्घटनाबाट सजगता जगाउने ट्राफिक बोर्डहरु राखेको छ । सुनसरी तरुण दलले धरान–इटहरी सडक खण्डमा ट्राफिक जनचेतना मुलक बोर्डहरु राखेको हो ।
तरुण दलले इटहरी उपमहानगरपालिका वडा नं. २० मा पर्ने धरान–इटहरी राजमार्गमा दुर्घटना न्यूनीकरण सम्बन्धी चेतनामुलक बोर्डहरु राखिएको तरुण दल इटहरी उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष आयुषजङ्ग खड्काले जानकारी दिए । तरहरा, हलगडा, आँपगाछी लगायतका स्थानमा ट्राफिक सन्देशयुक्त बोर्डहरु राखिएका छन् ।
कार्यक्रममा तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङ, उपाध्यक्ष सुकदेव राई, जिल्ला सदस्य ऋषि चौधरी, जय राई, प्रविण राउत, पार्टीका वडा नं. २० सभापति अर्जुन बस्नेत, जिल्ला कार्य समिति सदस्य मोहन खत्री, तरुण दल सुनसरी सदस्य खगेन्द्र खड्का, जयबहादुर राई लगायत २० नं. वडाका तरुण दल सदस्यहरुको सहभागीता रहेको छ ।
महामानव वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस, नेपाल तरुण दल तथा कांग्रेसका अन्य भातृ संगठनहरुले देशव्यापी रुपमा कार्यक्रमहरु गरिरहेका छन् ।
0 प्रतिकृया