Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


जसलाई जबरजस्ती सैनिकमा भर्ना गरेकाे थियाे बेलायती सरकारले

एक्सन खबर
भदौ, २४, २०७९


जसलाई जबरजस्ती सैनिकमा भर्ना गरेकाे थियाे बेलायती सरकारले

काठमाडौं, २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय काेइरालाकाे जन्मजयन्तीकाे अवसरमा पार्टी तथा पार्टीका भातृसंगठनहरूले समेत देशभर विभिन्न कार्यक्रम गर्दैछन् ।  नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो । उनको विवाह सुशीला कोइरालासँग भएको थियो । उनीहरूका प्रकाश, हर्ष र शशांक गरि ३ छोरा छन् भने चेतना कोइराला उनकी छोरी हुन् ।

उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए ।

सुरुवाती राजनीतिक जीवन
विश्वेश्वरप्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो । आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उनका दाइ मातृकाप्रसाद कोइरालालाई वि.सं १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो ।

यसपछि नै उनको राजनीतिक जीवनको सुरुवात भएको थियो । वि.सं १९८८ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानून व्यवसायमा काम गरेका थिए ।

विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजिक रहेका थिए । दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरिएको थियो । त्यहाँबाट छुटेपछि उनले वि.सं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए जुन पछि गएर नेपाली कांग्रेस बन्न पुगेको थियो ।

नेपालमा राजनीतिक नेतृत्व
वि.सं २००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । उनले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए । २००६ सालमा, नेपाली कांग्रेस पार्टी बनेको थियो । २००३ फागुन २६ मा कोइरालाका भाइ गिरिजाप्रसाद कोइरालालाई बिराटनगर जुट मिल हड्तालमा उत्रिन सहयोग गर्नका लागि उनी नेपालगञ्ज पुगेका थिए। गिरिजाप्रसाद कोइराला र राष्ट्रिय कांग्रेसका अन्य चार नेतासहित उनलाई पक्राउ गरी २१ दिन थुनामा राखिएको थियो ।

सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको थियो जसलाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भन्ने भनिन्छ । तात्कालिक समयमा देशमा रहेको जहानीयाँ राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो ।

यस क्रान्तिमा नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद् र नेपाली कांग्रेस लगायतका पार्टी भाग लिएका थिए । सात सालको क्रान्ति सफल भएसँगै राणा शासनको अन्त्य भएको थियो । प्रजातन्त्रको स्थापना पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्दा कोइराला त्यस सरकारको गृहमन्त्री बनेका थिए ।

राणा–कांग्रेस गठबन्धनको मन्त्रिमण्डलमा कोइरालाले गृहमन्त्रीका रुपमा ९ महिना सेवा गरेका थिए । अन्तिम राणा प्रधानमन्त्रीलाई पछि बर्खास्त गरिएको थियो । त्यसपछि कोइरालाले नेपाली राजनीतिक संरचनाको विकास गर्नेतर्फ ध्यान दिएका थिए ।

राजा महेन्द्रले २०१५ मा स्वतन्त्र संसदीय निर्वाचन गर्न सक्षम बनाउने नयाँ संविधानको १ फागुन २०१५ घोषणा गरेका थिए । २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेका थिए । उनको सरकार १८ महिना मात्र सरकारमा रहेको थियो ।नेपाली काङ्ग्रेस कुल १०९ मध्ये ७४ सिट प्राप्त गरेको थियो भने कोइराला नेपालको २२औँ प्रधानमन्त्री बनेका थिए ।

वैदेशिक सम्बन्ध
प्रधानमन्त्री कालमा उनले संयुक्त राष्ट्रसङ्घ, भारत तथा चीनको मैत्रिपूर्ण भ्रमण गरेका थिए । प्रधानमन्त्री बीपी कोइरालाले २०१६ फागुन २८ देखि चैत ११ सम्म चीनको भ्रमण गरेका थिए । त्यसबेला उनले चिनियाँ प्रधानमन्त्री चाउ एन लाईलाई नेपाल भ्रमणको निम्तो दिएर नेपाल आएका थिए । त्यस लगत्तै २०१७ वैशाख १४ देखि १७ सम्म चाउ एन लाईले दोस्रो पटक नेपालको भ्रमण गरेका थिए ।

उनले त्यसबेला नेपाली संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेका थिए । त्यसै क्रममा २०१६ वैशाख १६ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो । उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए।

भूमिसुधार
प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराएका थिए ।

सरकार विघटन र कैद
वि.सं. २०१७ साल पुस १ मा, राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइराला नेतृत्वको सरकार भङ्ग गरेका थिए। त्यसपछि उनलाई कैद गरिएको थियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखिएको थियो । वि.सं २०२४ मा उनलाई बनारस निर्वासनमा जान दिइएको थियो ।

वि.सं २०३२ मा उनी नेपाल फर्केपनि तत्कालीन सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गरेको थियो । अन्तर्राष्ट्रिय दबाबका कारण २०३४ मा उनका विरुद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लिएको थियो । २०३६ सालको आन्दोलन बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो ।

साहित्यिक योगदान
प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता विश्वेश्वरप्रसाद कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । कोइराला नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउन पहिलो आख्यानकार समेत हुन् ।

उनका प्रसिद्ध कृतिहरूमा तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा, दोषी चश्मा, श्वेतभैरवी, आफ्नो कथा, जेल जर्नल लगायत रहेका छन् । उनकाे ६७ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।














0 प्रतिकृया