Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


हरितालिका तिजको अवसरमा केएमसीमा कार्यक्रम

एक्सन खबर


हरितालिका तिजको अवसरमा केएमसीमा कार्यक्रम

काठमाडौं, १२ भदौ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आज आइतबार शुभकामना आदान प्रदान गरिएको छ । केएमसीमा कार्यरत महिला चिकित्सक, नर्स तथा कर्मचारीहरुले एकापसमा शुभकामना साटासाट गर्दै यो वर्षको तिजलाई स्वागत गरेका हुन् ।

प्रत्येक वर्ष तिजको अवसरमा यसरी शुभकामना आदानप्रदान गर्दै आइरहेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । सो अवसरमा केएमसीका महिला कर्मचारी, नर्स तथा चिकित्सकहरुले तिजका गितमा नाचगान गरेका थिए ।

कार्यक्रममा केएमसीका मेट्रोन कृष्णेश्वरी दुवालले तिजको शुभकामना दिँदै चिकित्सकीय सेवामा खटिँदा घरपरिवारको न्याश्रो नलागोस भनेर कार्यक्रम आयोजना गरिएको बताइन् ।  सो अवसरमा केएमसीका प्रमुख प्रशासकीय अधिकृत प्रेम थापा, हस्पिटल डाइरेक्टर डा. सुमन श्रेष्ठ, केएमसीका सबै महिला कर्मचारी तथा केएमसीको भक्तपुर दुवाकोट हस्पिटलका महिला कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यो वर्षको हरितालिका तिज भदौ १४ गते रहेको छ । भने, १६ गते ऋषि पञ्चमी रहेको छ । भोली सोमबार दर खाएर मंगलबार र बुधबार अविवाहित तथा विवाहित नारीहरु निराहार ब्रत बसी भगवान शिवजीकाे पुजा आराधना गर्ने गर्दछन् ।

https://fb.watch/fbm-xn3aLu/













0 प्रतिकृया