जयबागेश्वरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १२ भदौ । आइतबार काठमाडौं महानगरपालिका वडा नं. ८ जयबागेह्श्वरीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६६२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा १५१ जनाको इसिजी, १८४ जनाको ल्याब परीक्षण, १९६ जनाको युएसजी गरिएको छ । यस्तै, २२ जनाको दाँत खोलिएको तथा ३१ जनालाई ओ.टी. रेफर गरिएको छ ।
केएमसीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा महिला तथा बालबालिका, जेष्ठ नागरिक र विपन्न, सर्वसाधारण वर्गका नागरिक लाभान्वित भइरहेका छन् । केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले आम सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
0 प्रतिकृया