भारतमा उमेश ललित नयाँ प्रधानन्यायाधीश
एक्सन खबर
नयाँ दिल्ली, १२ भदौ । भारतमा उदय उमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त भएका हुन् ।
ललितले शनिबार
नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रपति द्रौपदी
मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएका हुन् । उनी भारतको ४९ औँ
प्रधानन्यायाधीश बनेका हुन् । उनी सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको
न्यायाधीश भएका थिए ।
ललितको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै
रहनेछ । झण्डै तीन महिने कार्यकालमा न्याय क्षेत्रलाई पारदर्शी बनाउने र
मुद्दालाई छिटो टुंग्याउने बताएका छन् ।
0 प्रतिकृया