प्रतिनिधि सभाकाे सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध
एक्सन खबर
काठमाडौं । सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाकाे सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकले उनको एकमात्र उम्मेदवारी परेपछि निर्विरोध चयन भएको घोषणा गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता अर्याललाई सभामुख चयनपछि पार्टी सभापति रवि लामिछानेले बधाई दिए । प्रतिनिधिसभामा रास्वपाको बलियो उपस्थिति र प्रतिपक्षी दलहरूको उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध चयन भएका हुन् ।
छोटो समयमै राजनीतिमा उदाएका अर्याल व्यवसायिक पृष्ठभूमिबाट आएका नेता हुन् । रास्वपा स्थापना पश्चात् संस्थापक सदस्य तथा उपसभापति बनेका उनी पार्टीभित्र सन्तुलित र संवादमुखी नेताका रूपमा चिनिन्छन् । यसअघि उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत बनेका थिए ।
सभामुख बनेसँगै अब उनले दलीय पद त्याग्दै निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधि सभाकाे उपसभामुख चयन भने हुन बाँकी छ ।
0 प्रतिकृया