Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


साउनमा साढे दुई अर्बभन्दा बढीको मोबाइल नेपाल भित्रियो

एक्सन खबर
भदौ, ९, २०७९


साउनमा साढे दुई अर्बभन्दा बढीको मोबाइल नेपाल भित्रियो

काठमाडौं, ९ भदौ । एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन (स्मार्टफोन) नेपाल भित्रिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात गरेको छ । सो मूल्यमा नेपालमा १ लाख ७६ हजार २४९ वटा मोबाइल सेट नेपालमा भित्रिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को साउनमा नेपालले विभिन्न देशबाट ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजार रुपैयाँमा ६ लाख ६७ हजार ५१८ वटा मोबाइल सेट आयात गरेको थियो ।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीनबाट आउने गरेको छ । गत साउनमा मात्र चीनबाट १ अर्ब ९८ करोड २० लाख रुपैयाँको मोबाइल फोन नेपालमा भित्रिएको छ ।

चीनपछि भारतबाट नेपालमा ठूलो मूल्यका मोबाइल सेट आउने गरेको छ । गत साउनमा भारतबाट नेपालले ५० करोड २६ लाख १२ हजार रुपैयाँको मोबाइल सेट आयात गरेको छ ।













0 प्रतिकृया