Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


‘नागरिकता फुटपाथमा बेच्न राखेको ललीपप होईन’ बास्काेटा

एक्सन खबर
भदौ, ९, २०७९


‘नागरिकता फुटपाथमा बेच्न राखेको ललीपप होईन’ बास्काेटा

काठमाडौं, ९ भदौ  । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाएका छन् ।

विभिन्न मिडियामा कांग्रेसका नेतालाई उद्वृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार आएपछि बास्कोटाले सामाजिक सञ्जाल मार्फत उक्त प्रतिक्रिया दिएका हन् ।

‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ?,’ बास्कोटाले आज ट्वीटरमा लेखेका छन्, ‘नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होईन ।’

उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रियसभामा सहमति गर्न सकिने समेत बताएका छन् । ‘सत्तापक्ष राष्ट्रियसभाबाट सही सहमतीमा पुग्न तयार भए भैगो नि ! संसारका राष्ट्रपति देशहीतका लागि लडेको इतिहास छ, भागेको छैन,’ उनले लेखेका छन् ।













0 प्रतिकृया