Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


सिटी र आर्सनलले लगातार जित निकाल्दा म्यानचेस्टरकाे दाेश्राे हार

एक्सन खबर
साउन, २९, २०७९


सिटी र आर्सनलले लगातार जित निकाल्दा म्यानचेस्टरकाे दाेश्राे हार

काठमाडौं, २९ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकाल्दा स्टार खेलाडी राेनाल्डाे सम्मिलित म्यानचेस्टर युनाइटेडले दाेश्राे हाेर व्यहाेरेकाे छ ।

सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो । इतिहाद रंगशालामा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे ।

यससँगै सिटीले लगातार दोस्रो जित निकालेको छ । २ खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा  छ । बर्नेमाउथको यो पहिलो हार हो ।



यस्तै, लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले  लेस्टर सिटीलाई ४-२ ले हरायो । आर्सनलको जितमा गाब्रियल जिससले दुई तथा ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले सान्त्वना गोल गरे ।

जितसँगै आर्सनलले २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । लेस्टरले एक अंक जोडेको छ ।

यता शनिबार नै राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे ।

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो ।

जितपछी ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसँगै युनाइटेड पुछारमा छ । यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।













0 प्रतिकृया