नाै बर्षपछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन
एक्सन खबर
काठमाडौं, २६ असार । भक्तपुर र ठिमी नगरपालिकाले आज
जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए
पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र
गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ ।
मुख्यत: काठमाडौं
उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमश: बिहिवार र
शुक्रबार दुई दिन लगातर हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात
शुक्रवार नै दुवै परेको भन्दै प्रेस बिज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको
हो ।
पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र
परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकैदिन गर्न गराउन समेत
आग्रह गरेको छ । बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने
भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने
पञ्चाङ्ग समितिको भनाई छ ।
यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५,
२०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र
गाईजात्रा मनाइएको समितिले जनाएको छ । सो सँगै झन्डै ९ बर्ष पछि
जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेको हो ।
0 प्रतिकृया