रियल मड्रिडलाई पाँचाै सुपर कप उपाधि
एक्सन खबर
काठमाडौं, २६ साउन । आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे ।
बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । याेसँगै रियलले पाँचाै पटक सुपरकपकाे उपाधि जितेकाे छ । बार्सिलोना र एसी मिलाने ५-५ पटक सुपर कप उपाधि जितेका छन् ।
बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्याएका छन् । उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् ।
0 प्रतिकृया