बालाजुमा केएमसीकाे निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, २३ साउन । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले आज बालाजुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित अमृत सेकेण्डरी बोर्डिङ स्कुलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८६८ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।
स्वास्थ्य शिविरमा १८२ जनाको इसिजी, २११ जनाको ल्याव तथा १९७ जनाको युएसजी गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । यसैगरी निःशुल्क स्वास्थ्य शिविरमा २९ जनाको दाँत खोलिएको छ । साथै, स्वास्थ्य परीक्षण पश्चात थप उपचारका लागि ४२ जनालाई ओ.टी. रेफर गरिएको छ ।
यस्तैगरी, केएमसीले आज साउने साेमबारकाे दिन भक्तपुरकाे डाेलेश्वर महादेव प्राङ्गणमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे थियाे । साउने साेमबार डाेलेश्वर मन्दिरमा जल चढाउन तथा दर्शन गर्ने भक्तजनहरूकाे स्वास्थ्य परीक्षण गरिएकाे केएमसीले जनाएकाे छ ।
केएमसीले आम सर्वसाधारणमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले राजधानी तथा राजधानी आसपासका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर चलाइरहेको छ । विराटनगरमा नोबेल शिक्षण अस्पतालबाट समेत निःशुल्क स्वास्थ्य शिविर चलाई रहेका समाजसेवी डा. सुनिल शर्माले केएमसी लिएसँगै निःशुल्क स्वास्थ्य शिविर चलाउन थालेका हुन् ।
केएमसीले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर पुर्याएपछि गरिब, असहाय, महिला बालबालिका तथा जेष्ठ नागरिकलाई राहत पुगेको छ ।
0 प्रतिकृया