मेस्सी, नेयमार र रामोस चम्कँदा पीएसजीलाई सुपर कप
एक्सन खबर
काठमाडौं, १६ साउन । स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ ।
आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४-० अन्तरले पराजित गर्यो । पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक एक गोल गरे ।
यस सँगै फ्रेन्च लिग वान विजेता पिएसजीले सर्वाधिक ११ पटक सुपर कपको उपाधि जितेको छ । पिएसजीबाट मेसीले लिग वान र सुपरकप गरी दुइ उपाधि हासिल गरे । सुपरकप प्रतियाेगितामा मेस्सीले प्लेयर अफ द म्याच अवार्ड पनि प्राप्त गरे ।
0 प्रतिकृया