Follow us:


Follow us

१७ असोज २०८३, शनिवार
१७ असोज २०८३, शनिवार


उपेन्द्र पक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेको बाबुरामको आरोप

एक्सन खबर
असार, ३२, २०७९


उपेन्द्र पक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेको बाबुरामको आरोप

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले आफूहरुको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गरेका छन् ।

उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजनीतिक र अनैतिक रुपमा आफू लगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पदमुक्त गरेको घोषणाको घोर भर्त्सना गर्दै कारबाहीको निर्णयको खारेजी गरेको जनाएका छन् ।

आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रुपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उनले दाबी गरेका छन् ।

 













0 प्रतिकृया