भानुभक्तको टोपीमा प्रधानमन्त्री देउवा (फोटो फिचर)
एक्सन खबर
काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखबाट उनको जन्म भएको थियो ।
संस्कृत भाषामा लेखिएको ‘रामायण’ लाई भानुभक्तले नेपाली भाषामा रूपान्तरण गरेर नेपाली साहित्यमा अनुकरणीय गुण लगाएका छन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएपछि उनले रामायणलाई नेपाली भाषामा लेखेका हुन् ।
नेपाली साहित्यमा भानुभक्तका अन्य कृतिहरू पनि रहेका छन् । ‘बधुशिक्षा’ रामायण पछि उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा उनका धेरै फुटकर रचनाहरू छन् ।भानु जयन्तिका अवसरमा बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देशमा पनि मनाउने गरिएको छ ।
0 प्रतिकृया