एमालेको श्रम तथा रोजगार विभागको उपप्रमुखमा भगवती चौधरी
एक्सन खबर
काठमाडौं, २९ असार । नेकपा एमालेले श्रम तथा रोजगार विभाग गठन गरेको छ । पार्टीको अन्तरपार्टी निर्देशन अनुसार डा. बिन्दा पाण्डे प्रमुख तथा भगवती चौधरी उपप्रमुख रहने गरी एमालेले श्रम तथा रोजगार विभाग गठन गरिएको हो ।
नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी पाण्डे नेपालको ट्रेड युनियन आन्दोलन मार्फत कम्युनिस्ट राजनीतिमा लागेकी हुन् ।
राष्ट्रिय महिला आयोगकाे संस्थापक सदस्यका रूपमा काम गरिसकेकी उनी प्रजातन्त्रलाई सुदृढ गर्न महिला अधिकारको प्रवर्द्धन गर्ने अधिवक्ता पनि हुन् । उनी महिला श्रमिक अधिकार, नेपाली श्रम आन्दोलनमा महिला सहभागिता लगायतका विषयमा दख्खल राख्छिन् ।
विभागको उपप्रमुख नेतृ चौधरी सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्छिन् । उनी एमाले सुनसरी जिल्ला सह–इन्चार्ज समेत हुन् । गएको स्थानीय तहको निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ को गढी गाउँपालिका र बर्जु गाउँपालिकामा नेकपा एमालेलाई ऐतिहासिक जित दिलाउन नेतृ चौधरीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
नेतृ चौधरीको निर्वाचन क्षेत्र अन्तरगतकै इटहरी उपमहानगरपालिका एमालेले उपमेयरमा जित हासिल गर्दा दुहवी नगरपालिकामा पनि विगतको भन्दा राम्रो मत हासिल गरेको थियो । नेतृ चौधरी महिला अधिकारकर्मी तथा लघुवित्त कर्मी हुन् । लघुवित्त कार्यक्रम मार्फत गाउँगाउँमा रहेका महिलाहरूलाई संगठित गर्दै आर्थिक सशक्तिकरणकाे अभियान चलाइरहेकी छिन् ।
विभागको सचिबमा जनक चौधरी रहेका छन् । भने, सदस्यहरुमा गुणराम आचार्य काठमाडौं, मिना गुरुङ कास्की, वेलीमैंया घले काठमाडौं, शोभा न्यौपाने भोजपुर, सुनिमाया चेपाङ चितवन रहेका छन् । त्यसैगरी सरोज पोखरेल सुनसरी, नेत्र थनेत नवलपुर, डा. ऋषिकेश पन्थी लमजुुङ, वलराम खत्री काभ्रे, तारानिधि पन्त (रमेश) काभ्रे रहेका छन् ।
एमालेले ३३ वटा केन्द्रीय विभागको विवरण अन्तरपार्टी निर्देशन पठाएको छ । जसअनुसार अर्थ तथा योजना, उद्योग वाण्जिज्य तथा आपुर्ति, उपभोक्ता हित संरक्षरण तथा सुशासन, उर्जा जल श्रोत तथा सिचाईं लगायत रहेका छन् ।
0 प्रतिकृया