नेकमा “प्रविधि उद्योग प्रवृत्ति र करियर इनसाइट” विषयक व्याख्यान
एक्सन खबर
काठमाडाैं । शैक्षिक क्रियाकलाप अन्तर्गत नेपाल इन्जिनियरिङ कलेज (नेक) को कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागले “प्रविधि उद्योग प्रवृत्ति र करियर इनसाइट” विषयमा अतिथि व्याख्यान आयोजना गरेको छ ।
कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग अन्तर्गत तेस्रो र चौथोका वर्षका विद्यार्थीहरूका लागि आयाेजित कार्यक्रममा आईबीएम अष्ट्रेलियामा क्लाउड र डाटा प्लेटफर्मका वरिष्ठ ग्राहक सफलता प्रबन्धक (आर्किटेक्ट) डा. वनिता शेरचन र बीडब्ल्यूआई ग्रुप, अष्ट्रेलियाका आईसीटी पोर्टफोलियो प्रबन्धक रबिन अधिकारीले अतिथि व्याख्यान दिएका थिए ।
दुवै प्रमुख वक्ताहरू नेपाल इन्जिनियरिङ कलेजको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग अन्तर्गतका पूर्व संकाय सदस्य तथा कलेजको १९९९ कम्प्युटर ब्याचका पूर्व विद्यार्थी पनि हुन् । प्रमुख वक्ताहरूले विभिन्न उदीयमान आईटी प्रविधिहरूको बारेमा ज्ञान साझा गर्दै विद्यार्थीहरूलाई आईटी उद्योगको लागि आवश्यक सीप र ज्ञान विकास गर्न प्रोत्साहित गरे । भने, अन्तरक्रिया सत्रमा प्रमुख वक्ताहरूले विद्यार्थीहरूको विभिन्न जिज्ञासाहरू स्पष्ट पारे ।
कार्यक्रममा करिब ७० विद्यार्थी र १० संकाय सदस्यहरुको सहभागिता रहेको थियो । प्रमुख वक्ताहरुको आगामी नेपाल भ्रमणका लागि प्राविधिक कार्यशाला पुनः सञ्चालन गर्ने प्रतिबद्धताका गरिएकाे थियाे । कार्यक्रममा कलेजका विभागीय प्रमुख सहप्राध्यापक सुन्दर कुँवरले धन्यवाद ज्ञापन गरेका थिए ।
0 प्रतिकृया