धरान, २१ असार । सुनसरी उद्योग बाणिज्य संघको अध्यक्षमा व्यवसायी विजय श्रेष्ठ निर्वाचित भएका छन् । साेमबार सम्पन्न निर्वाचनमा श्रेष्ठले १२ सय २५ मत प्राप्त गरी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । विजय श्रेष्ठलाइ सत्तारूढ गठबन्धन नेपाली कांग्रेसकाे साथ रहेकाे थियाे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकाे समर्थन पाएका व्यवसायी शिबराज श्रेष्ठले ६ सय ३६ मत प्राप्त गरे । अर्का स्वतन्त्र प्रतिष्पर्धी पवन कुमार अग्रवालले ३ सय ३३ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएकाे छ ।
संघकाे सदस्यहरूमा उद्योग तर्फको सदस्यमा पियुषराज आचार्य ५७८, प्रभाव खतिवडा ५३२, महेन्द्र प्रधान ५२१ र विष्णु बराल ४९३ मत ल्याई निर्वाचित भएका छन् ।
वाणिज्य तर्फको सदस्यहरुमा उपेन्द्र चाम्लिङ ६२२, किसन मास्के ६६४, जय प्रकाश शर्मा ६६४, नविनराज भण्डारी ६७५, मनोज कुमार अग्रवाल तोदी ६१९, राजेश अग्रवाल ६४४, सैलेश कुमार आचार्य प्रमोद ६५१ र शशी साह ६७१ मत ल्याई विजयी भए ।
वाणिज्य तर्फको महिला सदस्यमा बर्षा अग्रवाल श्रेष्ठले ८०१ मत प्राप्त गरि विजयी भइन् । उनका प्रतिद्धन्द्वी ममता शाक्यले ४०७ मत प्राप्त गरिन् । त्यस्तै, वस्तुगततर्फ रामस्वरुप शर्माले ११ मत तथा नारायण लिम्बुले १० मत ल्याई विजयी भए ।
एशोसिएट तथा महिला सदस्यतर्फ ३ जना सर्वसम्मत निवार्चित भइसकेका छन् । उद्योग महिलातर्फ पनि एक जना सर्वसम्मत भएका छन् । निर्वाचन कार्यालयका अनुसार एशोसिएटमा सर्वसम्मत हुनेहरुमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह छन् । यस्तै, उद्योग महिला सदस्यतर्फ स्तुती श्रेष्ठ सर्वसम्मत निवार्चित भएकी छिन् ।
संघमा एक जना अध्यक्ष र २० जना सदस्यहरुको मात्र निर्वाचन हुने गरेको छ भने अन्य पदाधिकारीहरु निवार्चित कार्यसमितिले चयन गर्छ । त्यस्तै केही सदस्यहरु पनि मनोनित गर्ने प्रावधान रहेको संघले जनाएको छ । निर्वाचन पछि अन्य पदाधिकारीको जिम्मेवारी भने पहिलो बैठकले तोक्ने बताइएको छ ।
निर्वाचित श्रेष्ठले समग्र व्यापारी, व्यवसायीलाई एकताबद्ध गराई व्यवसायिक हितमा लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।
0 प्रतिकृया