Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


यौन दुर्व्यवहारको आरोप लागेपछि संघका महासचिवद्वारा राजीनामा

एक्सन खबर
असार, ३, २०७९


यौन दुर्व्यवहारको आरोप लागेपछि संघका महासचिवद्वारा राजीनामा

काठमाडौं, ३ असार । यौन दुर्व्यहारको आरोप लागेपछि चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन् । महिला पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि बलामीले ‘अनुसन्धानका लागि सहज होस् भनेर राजीनामा दिएको चलचित्र पत्रकार संघलले जनाएको छ ।

संघका अध्यक्ष दिनेश सिटौलाले विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जनाएको छ । बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा स्वीकृत गरेको हो । ६ वर्षअघि संघको चुनावका क्रममा महिला पत्रकारलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।













0 प्रतिकृया