Follow us:


Follow us

१२ वैशाख २०८३, शनिवार
१२ वैशाख २०८३, शनिवार


च्यासलमा केएमसीको शिविरमा ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

एक्सन खबर
असार, १, २०७९


च्यासलमा केएमसीको शिविरमा ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

ललितपुर, ३० जेठ । ललितपुर महानगरपालिका–९ स्थित च्यासलमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडाैं मेडिकल कलेज र स्थानीय तिनमुखे गणेश बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

च्यासल युवा क्लबको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २१३ जनाको रक्त परीक्षण, १७९ जनाको भिडियो एक्सरे र १३३ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ३७ जनाको दाँत निकालिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले यसअघि शुक्रवार भक्तपुरको सूर्यविनायकमा स्वास्थ्य शिविर सञ्चालन गरेर १०१३ जनाको निःशुल्क उपचार गरेको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् ।















0 प्रतिकृया