एक लाख पुरस्कार राशीकाे यु. एन. सेफ च्याम्पियन्ससिप हुने
एक्सन खबर
सुनसरी । धरानकाे नवोदय प्लस टु र यु.एन. कलेजले प्लस टु लेबलका होटल म्यानेजमेन्टका विद्यार्थीहरुका लागि यु. एन. सेफ प्रतियोगिता गर्ने भएको छ । आज कलेजले पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिताबारे जानकारी गराएकाे छ ।
कलेजका प्रमुख डम्बर तुम्बाहाम्फेले हाेटल मेनेजमेन्टमा राेजगारीका अवसरै अवसर भएकाेले त्यसलाई प्रवर्द्धन गर्न प्रतियाेगिता गर्न लागिएकाे बताए । नेपालकाे शिक्षा प्रणालीले शिक्षित बेरोजगारकाे मात्र उत्पादन गरेकाे जनाउँदै उनले देशकाे समुचित विकास गर्न रोजगार र व्यवहारीक तथा आत्मनिर्भरमुखी शिक्षा आजको आवश्यकता रहेकाे बताए ।
यही कुरालाई मध्य नजर गर्दै कलेजले होटल म्यानेजमेन्ट +२ र स्नातकमा हाेटल मेनेजमेन्ट विषय सञ्चालन गर्दै आएको जनाउँदै तुम्बाहाम्फेले यु. एन. कलेजले प्रदेश नं १ मा नै होटल म्यानेजमेन्टकाे विषयलाई स्थापित गरेकाे जिकीर गरे ।
उनले हस्पिटालिटी इन्डस्ट्री र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ, यस वर्षदेखि अन्तर कलेज प्रदेश स्तरिय 'यु.एन. सेफ प्रतियोगीता' गर्ने र प्रतियोगितामा कक्षा १२ अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउने पनि जानकारी गराए ।
प्रतियोगितामा हरेक कलेजबाट अधिकतम २ वटा ग्रुपले भाग लिन पाउने छन् । एउटा ग्रुपमा २ जना विद्यार्थी रहनेछन् । सेफ प्रतियोगिताका विजेताले नगद एक लाखका साथै हाेटल मेनेजमेन्टमा ब्यचालर अध्ययनमा छात्रवृत्ति तथा ट्रफि समेत पाउनेछन् । प्रतियोगिताका फस्ट रनर अपलाई नगद पचास हजार बराबरको पुरस्कार र छात्रवृत्ति, सेकेन्ड रनर अपलाई नगद तीस हजार बराबरको पुरस्कार र छात्रावृत्ति दिइने बताइएकाे छ ।
साे अवसरमा कलेजका अध्यक्ष ज्ञानेश्वर झाले यु एन सेफ प्रतियोगिताले पर्यटन र समग्र हस्पिटालिटी क्षेत्रमा महत्वपुर्ण योगदान पुयाउने बताए । उनले प्रदेश एकमा मास्टर्स सेफकाे प्रवर्द्धन गर्नुका साथै दक्षा जनशक्ति उत्पादन गर्ने कार्यमा सहयाेग पुग्ने बताए ।
होटल म्यानेजमेन्ट पढेका विद्यार्थीहरु +२ लेवलमा पढेका सिकेका र जानेका सिपलाई प्रर्दशन गर्न राम्रो प्लेट फर्मको रुपमा यू. एन. सेफ च्याम्पयनसिप सावित हुने तथा पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्ने कलेजका होटल म्यानेजमेन्ट कोडिनेटर गगन मान श्रेष्ठले बताए । यहि असार ६ गते हुन लागेकाे प्रतियोगिता सञ्चालनमा करिब १० लाख रूपैंया खर्च लाग्ने आयोजक कलेजले जनाएको छ ।
0 प्रतिकृया