Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


किर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
जेठ, २५, २०७९


किर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २४ जेठ । काठमाडौंको किर्तिपुर नगरपालिका–४ मा मंगलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । किर्तिपुर नगरपालिका वडा नम्बर ४ र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरेको हो ।

शिविर स्थानीय ग्रिनलेन्ड सेकेण्डरी स्कूलमा सञ्चालन गरिएको छ । शिविरमा केएमसीका डाक्टरहरुले ११३३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये २३७ जनाको रक्त परीक्षण, १९२ जनाको भिडियो एक्सरे र १२४ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार दाँतमा समस्या भएका ३७ जनाको दाँत खोलिएको छ । त्यस्तै जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले यसअघि आइतवार काठमाडौंकै गोठाटारमा शिविर सञ्चालन गरेर ९२१ जनाको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा. सुनिल शर्मा भित्रिएसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ ।














0 प्रतिकृया