Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


युइएफएमा इङल्याण्ड र जर्मनीकाे बराबरी इटालीको पहिलो जित

एक्सन खबर
जेठ, २५, २०७९


युइएफएमा इङल्याण्ड र जर्मनीकाे बराबरी इटालीको पहिलो जित

काठमाडौं, २५ जेठ । हंगेरीलाई २-१ ले निराश पार्दै युरो कप च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा पहिलो पहिलो जित निकाल्दा इङल्याण्ड र जर्मनीले बराबरी खेलेका छन् ।

मंगलबार लिग ए ग्रुप ३ को खेलमा इटालीको जितमा निकोला बारेल्ला र लोरेन्जो पेगेग्रिनीले १-१ गोल गरे । इटालीकै जियानलुका मान्चिनीले आत्मघाती गोल गरेका थिए ।

३०औं मिनेटमा बरेल्लाको गोलमा इटालीले अग्रता लिएको थियो । ४५औं मिनेटमा लोरेन्जोको गोलमा इटालीले अग्रता दोब्बर पार्यो । ६१औं मिनेटमा इटालीका मान्चिनीको आत्मघाती गोलमा हंगेरीले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।

सन् २००७ पछि हंगेरी र इटाली आमने सामने भएको यो पहिलो पटक हो । लगातार दोस्रो पटक विश्वकप टिकट काट्न असफल इटालीको पछिल्लो सात खेलमा यो दोस्रो जित हो ।

जितसँगै इटाली २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ । हंगेरी ३ अंकसहित दोस्रो स्थानमा छ ।

यता इंग्ल्यान्ड र जर्मनीसँले बराबरी खेल्दै अंक बाँडेका छन् ।  इङल्यान्डले जर्मनीलाई १-१ को बराबरीमा रोकेको हो । ५०औँ मिनेटमा होफमानको गोलमा जर्मनीले अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा ह्यारी केनको पेनाल्टी गोलमा इङल्यान्ड खेलमा फर्किएको थियो ।

केनको इङल्यान्डका लागि यो ५०औँ गोल थियो । बराबरीसँगै जर्मनी २ खेलबाट तेस्रो स्थान र एक अंकको इंग्ल्यान्डको चौथो स्थानमा छ । शीर्षस्थानमा भने ४ अंकसहित इटाली छ ।













0 प्रतिकृया