Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


कर्णालीमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’, बिदेशबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’

एक्सन खबर
जेठ, २५, २०७९


कर्णालीमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’, बिदेशबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’

सुर्खेत, २५ जेठ । कर्णाली प्रदेश सरकारले बालबालिका सशक्तिकरणका लागि बैंकमा रकम जम्मा गरिदिने कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको नीति तथा कार्यक्रममार्फत ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ भन्ने नारासहित सो कार्यक्रम तय गरेको हो ।

सो नीति तथा कार्यक्रम अनुसार छोरीको सशक्तिकरण तथा लैङ्गिक समानताका लागि ‘बैक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई अभिलेखको समुचित व्यवस्थापन गनेरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्दै निरन्तरता दिइने छ ।

वैदेशिक राेजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’

वैदेशिक रोजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने भएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत वैदेशिक रोजगारीमा फर्केकालाई गरिखाने कार्यक्रम अन्तर्गत सहभागी गराइने भएको  हो ।  

‘विदेशवाट फर्केका तथा स्वदेशभित्र रोजगारीको अवसरवाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशिल उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरिखाने कार्यक्रम’ अभियानको रुपमा सञ्चालन गरिने’ कर्णाली प्रदेशले योजना सार्वजनिक गरेको छ ।













0 प्रतिकृया