Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


सुनसरीको चक्रघट्टीमा नोबेलको शिविरबाट ११ सय बिरामी लाभान्वित

एक्सन खबर
जेठ, २१, २०७९


सुनसरीको चक्रघट्टीमा नोबेलको शिविरबाट ११ सय बिरामी लाभान्वित

सुनसरी, २१ जेठ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टीमा शुक्रवार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २६ विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, चक्रघट्टी–काठमाडौं जागरण समाज र महेन्द्र माध्यमिक विद्यालय पूर्व विद्यार्थी समूहको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा २२१ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १९२ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएर शिविरमा आएका ३२ जनाको दाँत फुकालिएको छ ।

शिविरमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव पनि सहभागी थिए । कार्यक्रममा मन्त्री यादवले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नोबेलले गरिब तथा बिपन्न विरामीलाई सहयोग पुरर्याएको बताए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे र नोबेलका प्रबन्धक दाहालले पनि मन्तव्य राखेका थिए ।

नोबेल अस्पतालले बिभिन्न संघसस्थाहरुसँग सहकार्य गरेर बर्षौं अघिदेखि पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामीले निःशुल्क उपचार पाएका छन् । निःशुल्क स्वास्थ्य शिविरले गरिब तथा बिपन्न विरामीलाई फाइदा पुग्ने भएकाले यसलाई निरन्तरता दिइने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा बताउँछन् ।













0 प्रतिकृया