Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्यान्सर उपचार नेपालमै उपलब्ध

एक्सन खबर
जेठ, २१, २०७९


अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्यान्सर उपचार नेपालमै उपलब्ध

काठमाडौं, २१ जेठ । अब नेपालमै क्यान्सरको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार उपलब्ध रहेको दाबी गरिएको छ । नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको राजधानीमा भएको पाँचौँ वार्षिकोत्सव उद्घाटन कार्यक्रममा सेन्टरका संस्थापक तथा कार्यकारी अध्यक्षसमेत रहेका क्यान्सर विज्ञ डा. सुदीप श्रेष्ठले उक्त दाबी गरेका हुन् ।

उनले त्यसकारण विदेशमा पुगेर महँगोमा क्यान्सर उपचार गर्न जानु नपर्ने बताए । नेपाल क्यान्सर हस्पिटल रिसर्चले नेपालमै कम पैसामा क्यान्सरको उपचार गर्न आफूहरू सफल भएको दाबी उनले गरे । नेपालको क्यान्सरको उपचार नेपालमा नै भन्ने नाराका साथ आफूहरूले नेपालमै कम पैसामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार सेवा प्रदान गर्दै आइरहेको जनाए ।

क्यान्सर उपचारमा सदैव साथ बिरामीको हातमा हाम्रो हात भन्ने भावनाका साथ आफूहरू बिरामीमा सेवामा दिनरात लागिरहेको उनको भनाई थियो ।

वार्षिकोत्सवको उद्घाटन स्वास्थ्य सचिव डा. रोशन पोखरेलले गरेका थिए । त्यस अवसरमा अस्पतालमा आठ वर्षदेखि निरन्तर सेवा गरिरहेका तीन जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै कार्यक्रमको क्रममा गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन पनि दिलाइएको थियो । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा निकाल्दै आएको आशा स्मारिकाको पनि संयुक्त रूपमा विमोचन गरिएको थियो ।  

नेपालमा सेन्टरका साथै भरतपुर क्यान्सर अस्पताल भरतपुर चितवन, भक्तपुर क्यान्सर अस्पताल दूधपाटी भक्तपुरलगायतका अस्पतालमा बढी प्रख्यात छन् । क्यान्सर उपचार नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउन डा. श्रेष्ठकै अगुवाइमा ललितपुरको हरिसिद्धिमा ठूलो स्केलमा पछिल्लो पटक नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको थियो ।













0 प्रतिकृया