Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


जातिय भेदभाब तथा छुवाछुत उल्मुलनकाे कार्यक्रममा धरानका मेयर उपस्थित नहुँदा आक्राेश

एक्सन खबर
जेठ, २१, २०७९


जातिय भेदभाब तथा छुवाछुत उल्मुलनकाे कार्यक्रममा धरानका मेयर उपस्थित नहुँदा आक्राेश

धरान । १७ औं जातिय भेदभाब तथा छुवाछुत उल्मुलन राष्ट्रिय दिवस धरानमा पनि मनाईएको छ । आज शनिबार धरानको भानुचौकमा एक कार्यक्रमको आयोजना गरी सो दिवस मनाईएको हो ।

नेपाली कांग्रेसको जातिय संगठन नेपाल दलित संघ, नेकपा माओवादी केन्द्रको जनबर्गिय संगठन नेपाल दलित मुक्ति मोर्चा र जनता समाजवादी पार्टी (जसपा)को जातिय संगठन समाजवादी शिल्पी दलित महासंघ धरानको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।
 
नेपाल दलित संघ सुनसरी जिल्ला अध्यक्ष बिजय अछामिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बिक्रम बेघा बिशिष्ट अतिथी रहेका थिए । धरानका मेयर हर्कराज साम्पाङलाई प्रमुख अतिथी बनाईएपनि उनी कार्यक्रममा नआएका कारण आयोजकले नयाँ मेयरको आलोचना गरे ।

दिवसको अवसरमा बोल्ने अधिकांश वक्ताहरुले अझै पनि समाजमा जातिय बिभेद नहटेको बताए । कार्यक्रममा शिल्पी दलित महासंघका अध्यक्ष दलमर्दन कामीले जातिय भेदभाब तथा छुवाछुत उल्मुलन राष्ट्रिय दिवस राज्यको कार्यक्रम भएपनि धरानका स्थानीय सरकार तथा अन्य सरकारले चासो नदिएको गुनासो गरे ।

अध्यक्ष कामीले धरानका मेयर हर्क सम्पाङको उपस्थिति नभएकोले आक्रोश समेत पोखे । धरानका मेयरले दलित उत्पिडित शिल्पी समुदायलाइ अपहेलना गरेको समेत उनले बताए ।

कार्यक्रममा बोल्दै धरानका उपमेयर आइन्द्र बिक्रम बेघाले आफुहरुले बर्तमान समाजको बिभेद अन्त्य गर्न अभियान चलाएको स्मरण गरे । ‘संबैधानिक आधारबाट नेपाली जनताले जिउने बाटो खुलेको छ । संविधानमा केहि मतभेद भएपनि संविधानलाई पुर्ण कार्यन्वयनमा ल्याउनु अहिलेकाे आवश्यक्ता हाे ।’ बेघाले भने । उपमेयर बेघाले पिडामा परेकाहरुको समस्या समाधान गर्न पुराना कानुनहरुलाई पार्टीले सच्याएर लैजाने प्रतिबद्धता जनाए ।

दलित अगुवा तथा दलितको बिषयमा सरकोकार राख्नेहरुको  सामान्य संख्याको उपस्थितिमा गरिएको कार्यक्रममा संघिय दलित मञ्चका अध्यक्ष रमेश गजमेर, नेकपा एमाले धरान नगर कमिटी उपाध्यक्ष पारस काङ्वाङ राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङवाे, जसपा धरान नगर अध्यक्ष ताजुव लिम्बु लगायतको उपस्थिति रहेको थियो ।













0 प्रतिकृया