गोकर्णेश्वर नपाका मेयर उपमेयरलाई नेपाल मेडिकल कलेजद्वारा स्वागत सम्मान
एक्सन खबर
काठमाडौं । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित मेयर दीपक प्रसाद रिसाल तथा उपमेयर सान्नानी लामालाई बधाई तथा शुभकामना दिएका छन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट मेयर तथा उपमेयरमा निर्वाचित भएर आएका रिसाल तथा लामालाई कलेजका डाइरेक्टर अन्सारीले उनीहरुको कार्यकक्षमै गएर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
बुधबार कलेजका मेडिकल इन्चार्ज दीलिप साह, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्का सहितको टोली लिएर गोकर्णेश्वर नगरपालिकाको कार्यालय पुगेका अन्सारीले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई नगरको विकास, सुशासन, शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्न सुझाए ।
नगरबासीको स्वास्थ्योपचारको लागि नगरपालिकाले गर्ने जुनसुकै कार्यमा हालेमालो गरेर नेपाल मेडिकल कलेज अगाडी बढ्ने जनाउँदै अन्सारीले शिक्षा र स्वास्थ्य सेवा जनताका आधारभूत आवश्यक्ता रहेको औंल्याउँदै निजी क्षेत्र र स्थानीय तहको सहकार्यले धेरै काम गर्न सकिने जनाए ।
नगरप्रमुख रिसालले नगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने तथा गोकर्णेश्वर नगरपालिकाका जनताको स्वास्थ्य प्रति नेपाल मेडिकल कलेजको महत्वपूर्ण भूमिका रहेको बताउँदै स्वस्थ नगरपालिका बनाउन हातेमालो गरेर अगाडी बढ्ने बताए ।
0 प्रतिकृया