Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


चाँगुनारायण नगरपालिकाका मेयरद्वारा विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन

एक्सन खबर
जेठ, १७, २०७९


चाँगुनारायण नगरपालिकाका मेयरद्वारा विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित मेयर जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिएका छन् । सोमबार नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अन्तरक्रियामा मेयर खत्रीले वर्षायाम सुरू भएसँगै हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न नगरस्तरीय विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।

चाँगुनारायण नगरपालिका विभिन्न प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद्बाट हुने क्षति कम गर्न, विपद् प्रभावितको तत्काल उद्दार र राहत पुग्ने कार्यक्रम समावेश गरि कार्ययोजना बनाउन मेयर खत्रीले निर्देशन दिएका छन् । ‘चाँगुनारायण नगरपालिकाका धेरै ठाउँहरु प्राकृतिक जोखिमपूर्ण रहेका छन् वर्षायामसँगै ती क्षेत्रमा कुनैपनि बेला प्राकृतिक विपत्ती आउन सक्ने भएकाले आजैबाट विपद् व्यवस्थापनको कार्य योजना बनाउन निर्देशन दिन्छु ।’ खत्रीले भने ।

विभिन्न महामारी जन्य रोगहरू र प्राकृतिक प्रकोपहरूको रोकथाम नियन्त्रणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया तथा आरआरटी स्वास्थ्यकर्मी परिचालन कार्यक्रममा उनले चाँगुनारायणवासीलाई स्वस्थ बनाउन स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुनेपनि जिकीर गरे ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत कुमारप्रसाद दाहालले समयमै योजना बनाएर काम गर्दा विपद्बाट हुने क्षतिलाई कम गर्न सकिने जनाए ।  नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको जनाए ।













0 प्रतिकृया