Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


फरवार्ड सुपरमार्केटमा सारी, लेहेङ्गा खरिदमा विशेष छुटको अफर

एक्सन खबर
जेठ, १७, २०७९


फरवार्ड सुपरमार्केटमा सारी, लेहेङ्गा खरिदमा विशेष छुटको अफर

सुनसरी । दुहवी स्थित फरवार्ड सुपरमार्केटले महिलाहरुको पहिरनमा विशेष छुटको अफर ल्याएको छ । फरवार्ड सुपरमार्केटले सारी, लेहेङ्गा तथा कुर्ती खरिदमा विशेष छुट अफर घोषणा गरेको हो ।

सुपरमार्केटका म्यानेजिङ डाइरेक्टर द्रव्यराज चौधरीले जेठ १५ गतेदेखि कुनैपनि प्रकारका सारी, लेहेङ्गा तथा कुर्ती खरिदमा १५ देखि २५ प्रतिशतसम्मको छुट दिइएको बताए । नेपालीहरुको चाडपर्व तथा बैवाहिक कार्यक्रम नजिकिएसँगै महिलाहरुको पहिरनमा विशेष छुटको घोषणा गरिएको हो ।

फरवार्ड सुपरमार्केटमा बनारसी, सिन्थेटिक, चन्दा चकोरी, अन्नपूर्ण सारी, सिफन लगायत ब्राण्डेड सारीहरु उपलब्ध रहेका छन् । याे अफर सिमित अवधिकाे लागि राखिएकाे छ । यसका अलावा अन्य लत्ता कपडाहरू खरिद गर्दा पनि ग्राहकले छुट पाउने छन् ।

फरवार्ड सुपरमार्केटले धरायसी दैनिक उपयोग्य सामग्रीसहित लत्ताकपडा, इलेक्ट्रिक्स इलक्ट्रोनिक्स आइटमहरुमा छुट दिने गरेको छ । दुहवीकै पहिलो सुपरमार्केटका रुपमा रहेको सुपरमार्केटमा उपभोक्ताले एकैछानामुनी स्वदेशी तथा अन्तराष्ट्रिय ब्राण्डका १५ हजार बढी सामान छानीछानी खरिद गर्न सक्छन् ।













0 प्रतिकृया