Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


महाकालीमा सुख्खा बन्दरगाह निर्माणका लागि फेरी सम्भाव्यता अध्ययन

एक्सन खबर
जेठ, १५, २०७९


महाकालीमा सुख्खा बन्दरगाह निर्माणका लागि फेरी सम्भाव्यता अध्ययन

धनगढी, १५ जेठ । २०७७ सालमै सुख्खा बन्दरगाह निर्माणको काम अघि बढेको भन्दै तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शुभारम्भ गरेको कञ्चनपुरको सुख्खा बन्दरगाह निर्माणका लागि फेरी सम्भाव्यता अध्ययन गर्ने सरकारले घोषणा गरेको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्री रहेको भट्टले २०७७ कार्तिकमा कञ्चनपुरको दोधारामा सुख्खा बन्दरगाह निर्माण कार्य शुभारम्भ भएको घोषणा गरेका थिए । उनले सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन समेत भइसकेको घोषणा गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा भने दोधारमा सुख्खा बन्दरगाह निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुख्खा बन्दरगाह निर्माणका लागि आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा कञ्चनपुरको चादनीदोधारामा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने उल्लेख गरेका छन् ।

तर केपी ओली नेतृत्वको सरकारले यसअघि नै दोधारा स्थित महाकाली नदीमा सुख्खा बन्दरगाह उद्घाटन गरिसकेको छ । ओली सरकारका तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री  मन्त्री लेखराज भट्टले २०७७ कात्तिकमा कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ भएको घोषणा गरेका थिए । दोधाराचादनीको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण हुने भन्दै तत्कालीन मन्त्री भट्टले सो कार्य शुभारम्भ गरेका थिए ।













0 प्रतिकृया