Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


पोखरा विमानस्थलमा रुवाबासी (फोटोफिचर)

एक्सन खबर
जेठ, १५, २०७९


पोखरा विमानस्थलमा रुवाबासी (फोटोफिचर)

पाेखरा । पोखराबाट जोमसोमका लागि आज बिहान उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्ने स्थानबाट सम्पर्कविहीन भएको छ ।

विमानमा क्याबिन क्रुसहित २२ जना सवार थिए । विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा जम्मा भएका यात्रुका आफन्तहरू । पोखरा विमानस्थलमा यात्रुका आफन्तहरुको रुवाबासी चलेको छ ।

पछिल्लाे अपडेट अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन तार एयरको विमानको अवस्था अझै अज्ञात रहेको बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले विमानको खोजीलाई जारी राखिएको भए पनि हालसम्म अवस्थाबारे थाहा नभएको जनाएको हो ।

‘ट्वीनटर विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रीत गरिएकोमा खराब मौसम र जटिल भूगोलका कारण हालसम्म अवस्था अज्ञात रहेको छ,’ उड्डयन प्राधिकरणले भनेको छ, ‘२४ सै घन्टा रेस्क्यू कोअर्डिनेसन सेन्टर खुला रहनेगरी खोजविन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाउने व्यहोरा समेत जानकारी गराइन्छ।’


















0 प्रतिकृया