Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


आज आगामी आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक हुँदै

एक्सन खबर


आज आगामी आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक हुँदै

काठमाडौं, १४ जेठ । सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो ।  आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो । संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न आग्रह गरेको छ ।
 













0 प्रतिकृया