Follow us:


Follow us

१२ वैशाख २०८३, शनिवार
१२ वैशाख २०८३, शनिवार


सल्लाघारी चाँगु सडक एक वर्ष भित्र कालोपत्रे गर्ने

एक्सन खबर
जेठ, १२, २०७९


सल्लाघारी चाँगु सडक एक वर्ष भित्र कालोपत्रे गर्ने

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १, २, ३ र ४ जोड्ने मुल सडक सल्लाघारी चाँगु सडक एक वर्ष भित्र कालोपत्रे गर्न आफूहरु लागि पर्ने चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले बताएका छन् । दुवाकोट केएसी चोकमा ढल निकास व्यवस्थापन कार्यको शिलान्यास गर्दै खत्रीले एक वर्ष भित्र सडक कालोपत्रे सम्पन्न गर्न आफूहरु लागि पर्ने बताए ।

बाटो पहिला नै सम्पन्न हुनु पर्ने भएपनि विभिन्न प्राविधिक कारणले सम्पन्न हुन नसकेको बताउँदै मेयर खत्रीले बाटो छिटो भन्दा छिटो सम्पन्न गर्न आफूहरु अहोरात्र खट्ने जिकीर गरे । उनले जनताले गरेकाे विस्वासलाई निराश हुन नदिने बताए ।

जनताका दैनिक जीवनलाई सहज बनाउन नै जनप्रतिनिधिको आवश्यकता भएकाे भन्दै भने–‘हामी जनताको सेवामा छौं यो दायीत्व र कर्तव्यबाट हामी पन्छने छैनौं ।’ मेयर खत्रीले भने । उनले ढल निकासको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह पनि गरे ।

नगरमा समस्याको रुपमा रहेको डुुवान र सडक कटानको समस्याबाट क्षतीको न्यूनिकरण गर्न सबै मिलेर निकास निकाल्नु पर्ने खत्रीले बताए । स्थानीय क्लव टोल कमिटि आदीको सक्रिय सहभागितामा आफ्नो घर नजिकको कुलो खोल्सा बाटोबाट बग्ने पानी नियन्त्रण गर्न सहयोग गर्न अनुराेध गरे ।














0 प्रतिकृया