Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


बालेन साहको जितको खुसीयाली साट्न सभागृहमा हज्जारौंको भिड (फोटो फिचर)

एक्सन खबर
जेठ, १२, २०७९


बालेन साहको जितको खुसीयाली साट्न सभागृहमा हज्जारौंको भिड (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको जित सुनिश्चित भएपछि विजय र्यालीमा सहभागी हुन मतगणना स्थल राष्ट्रिय सभागृहमा ठूलो संख्यामा यूवाहरु भेला भएका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमालेका भेट्रान उम्मेदवारलाई भारी मतका साथ पछी पारी स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चित भइसकेको छ ।

सभागृहमा बालेन साह निर्वाचित भएको घोषणा गर्ने तयारी भइरहँदा विजय र्यालीमा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट स्वतःस्फुर्त युवाहरु भेला भइरहेका छन् । नेपाली राष्ट्रिय झण्डा बोकेर आएका हज्जारौं समर्थक र शुभचिन्तकहरुले बालेन साहका पक्षमा नारा लगाइरहेका छन् ।

साहले नेकपा एमालेका मेयरका उम्मेदवार केशब स्थापित तथा कांग्रेसकी सृजना सिंहलाई भारी मतान्तरले पराजित गरिसकेका छन् ।
हेर्नुहोस फोटो फिचर





















0 प्रतिकृया