Follow us:


Follow us

१२ वैशाख २०८३, शनिवार
१२ वैशाख २०८३, शनिवार


ब्लूमिङ लोटस इंग्लिस स्कुलका पूर्व प्रिन्सिपल बलात्कारको अभियोगमा पक्राउ

एक्सन खबर


ब्लूमिङ लोटस इंग्लिस स्कुलका पूर्व प्रिन्सिपल बलात्कारको अभियोगमा पक्राउ

सुनसरी । पाँच वर्षअघि कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन स्कुलका प्रिन्सिपल राजकुमार खड्कालाई पक्राउ गरेको एसपी कमल थापाले जानकारी दिएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । एक छात्रा विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटलमा लगेर तत्कालिन प्रिन्सिपल खड्काले बलात्कार गरेको आरोप छ । खड्काले घटनापश्चात पनि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै दुई वर्षसम्म बलात्कार गरेको आरोप छ ।

काठमाडौंका एक कन्सल्टेन्सी सञ्चालकले सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जाल मार्फत नै यो घटना पनि सार्वजनिक भएको थियो । २०७४ साउन २६ गते धरान उपमहानगरपालिका–१० स्थित जनहित गेस्ट हाउसमा लगेर प्रिन्सिपल खड्काले बलात्कार गरेका हुन् ।

त्यसपछि अर्कै विद्यालयमा पढिरहेकी छात्रालाई विहे गर्छु भनी फकाउने तथा समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक–पटक मानसिक तनाव दिदै जबरजस्ती करणी गरेको भनी पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

‘होस्टलमा बसेका बेला मेरो छातीमा समस्या देखियो, त्यसको उपचार गर्न विदेशबाट बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुभएको थियो । बुबाले मलाई प्रिन्सिपलसँग सिधै अस्पताल जान भन्नुभएको थियो, तर उसले अस्पताल लैजानुको साटो मलाई होटल लग्यो ।’ सामाजिक सञ्जालमा ती किशोरीले उल्लेख गरेकी छन् ।

पिडित छात्राका अनुसार उनी त्यो बेला १५ वर्षको थिइन् । अस्पताल लैजाने भन्दै प्रिन्सिपलले होटलको कोठामा लगेर चुकुल लगाएर जबरजस्ती करणी गरेको उनको भनाइ छ । ‘छात्राले प्रिन्सिपलले त्यसबेला भिडियो पनि बनाएको बताउँदै आफुलार्ई पटकपटक उक्त भिडियो देखाएर ब्ल्याकमेल गरेको समेत भनेकी छन् । साथै उनले आफुलाई एसईई दिउञ्जेलसम्म बाथरुम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ भेटेपनि बलात्कार गरेको खुलाएकी छन् ।

खड्का हाल काठमाडौँको नेपालटारमा रहेको सिद्धार्थ ईंङलीस बोडिङ स्कुलमा प्रिन्सिपलकै रुपमा कार्यरत थिए । पीडित युवतीले सामाजिक सञ्जालमा उनी विरुद्ध पोष्ट गरेपछि खड्का फरार थिए ।













0 प्रतिकृया