धरानमा बेबारिसे शब फेला
एक्सन खबर
सुनसरी । धरानमा बिहिवार बेवारिसे शब भेटिएको छ । धरान ५ देउराली महादेव चोकमा बेवारिसे अवस्थामा शब देखेपछि स्थानीयबासीले ईलाका प्रहरी कार्यालय धरानलाई जानकारी गराएका थिए ।
ईलाका कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायमाझीका अनुसार बिहिवार विहान ५:३० मा देउराली ५ महादेव चोक छेउ सेउती खोलाको बगरमा अन्दाजी २८ देखि ३० बर्षकाे पहिचान खुल्न नसकेको शब भेटिएको हाे ।
प्रहरी निरीक्षक रायमाझीका अनुसार मृतकको टाउको पछाडि काटिएको र टाउकोमा छुरा प्रहार गरी प्वाल पारेको तथा एउटा दाँत समेत झरेको अवस्थामा फेला परेकाे छ । ईलाका प्रहरी कार्यालय धरानले पहिचान खुल्न नसके पछि शबकाे थप अनुसन्धान भईरहेको जनाएकाे छ ।
0 प्रतिकृया