Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन ओलीकाे निर्देशन

एक्सन खबर
जेठ, ११, २०७९


सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन ओलीकाे निर्देशन

काठमाडौं, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन् । ‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विष्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भने, ‘उहाँले संसदमा सशक्त रुपमा पेश हुन आग्रह गर्नु भएको छ ।’

बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र  परराष्ट्र नीति विपरित कार्यक्रम राखेको उल्लेख गरेका थिए । संविधानको विपरित, राष्ट्रहित विपरितका कुरालाई सशक्त रुपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए ।

यस्तै, ओलीले स्थानीय तह निर्वाचनमा धाँधली भएको समेत बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई  नहाल्ने व्यवहार देखियो ।’

के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए । संघीय संसदमा मंगलबार प्रस्तुुत गरिएको गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा नआएको एमालेले दोहोर्याएको छ ।
 













0 प्रतिकृया