Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना: १ जनाकाे मृत्यु, २४ जना घाइते

एक्सन खबर
जेठ, ११, २०७९


अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना: १ जनाकाे मृत्यु, २४ जना घाइते

अछाम, ११ जेठ । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा साेही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
 













0 प्रतिकृया