Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

एक्सन खबर
जेठ, २, २०७९


नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

भैरहवा, २ जेठ । नेपाल र भारतबीच विभिन्न पाँचवटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआर, काठमाडौँ विश्वविद्यालय र आइसीसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएको हो ।

भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसअघि दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भएको  भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए । मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा विहान लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।













0 प्रतिकृया