Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


सुनसरीको गढी गाउँपालिकाबाट दुई सयजना एमालेमा प्रवेश गरे

एक्सन खबर
बैशाख, २०, २०७९


सुनसरीको गढी गाउँपालिकाबाट दुई सयजना एमालेमा प्रवेश गरे

दुहवी । सुनसरीको गढी गाउँपालिकामा दुई सयजनाले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । गढी गाउँपालिका वडा नं. १ बाट उक्त संख्यामा एमालेमा प्रवेश गरेका हुन् । जनताको बहुदलीय जनवादप्रति विस्वास राख्दै कांग्रेस, जसपा, माओवादी लगायतका पार्टीमा रहेका मुसहर, थारु समुदायका सयौं कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।  

उनीहरुलाई एमाले केन्द्रीय सदस्य भगवती चौधरीले पार्टी प्रवेश गराउँदै नेकपा एमालेले मात्र मुलुकलाई विकासको पथमा लैजान सक्ने बताइन् । जनताका जनजिविकाका सवालमा नेकपा एमालेले ल्याएका कार्यक्रमहरुले नै मुलुकको आर्थिक विकास हुने तथा समाज रुपान्तरण हुँदै समाजवाद प्राप्त हुने चौधरीले बताइन् ।

गढीको समुचित विकास गर्न, त्यहाँ रहेका दलित, मुस्लिम तथा अल्पसंख्यक नागरिकको आर्थिक, सामाजिक विकासका लागि एमालेले योग्य उम्मेदवार उठाएको चर्चा गर्दै नेतृ चौधरीले बैशाख ३० गतेको निर्वाचनमा पार्टीका उम्मेदवारलाई बहुमतले जिताउन आब्हान गरिन् ।

एमालेमा प्रवेश गर्नेहरुले पनि गढी तथा आफ्नो वडाको विकासमा विगतमा सरकारमा रहेकाहरुले कुनै काम नगरेको बताउँदै अब आफुहरुको आशा नेकपा एमालेसँग मात्र रहेको जनाउँदै स्थानीय तहको निर्वाचनमा एमालेलाई अत्याधिक मतका साथ विजयी गराउने र गाउँपालिकामा एक दलीय एकाधिकारको अन्त्य गर्ने बताए ।

नेकपा एमालेले गढी गाउँपालिकाको प्रमुखमा लघुवित्त क्षेत्रमा लामो समयदेखि काम गरेका अनुभवी युवालाई उठाएको छ । गाउँगाउँमा लघुवित्त कार्यक्रम मार्फत आर्थिक शसक्तिकरणको अभियान चलाउँदै आएका आश नारायण चौधरीको उम्मेदवारी रहेको छ ।

गाउँलाई पनि शहर जस्तै सम्पन्न बनाउन प्राविधिक शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, यातायात, सडक, स्वच्छ खानेपानी, युवा रोजगारी, आधुनिक कृषि प्रणाली अवलम्बन गर्ने योजनासहित चौधरीले पालिकाको प्रमुखमा उम्मेदवारी दिएका हुन् ।














0 प्रतिकृया