Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


अर्को पार्टीबाट उठ्ने २ जनाको कांग्रेस सदस्यता खारेज

एक्सन खबर
बैशाख, २०, २०७९


अर्को पार्टीबाट उठ्ने २ जनाको कांग्रेस सदस्यता खारेज

धरान । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीबाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ । नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उनीहरुको साधारण सदस्यता खारेज भएको बताए ।

कारवाही पर्नेमा राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडाध्यक्ष रोशन अधिकारी र राप्रपाबाटै वडाध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडाध्यक्ष कृष्ण भट्टराई रहेका छन् ।

उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको, पार्टीको  विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका कारण उनीहरु विरुद्ध पार्टी विधान बमोजिम अनुशासनको कारवाही भएको जिल्ला सचिव साहले बताए ।













0 प्रतिकृया