Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


कपनमा केएमसीको स्वास्थ्य शिविरबाट नौ सय बिरामीको लाभान्वित

एक्सन खबर
बैशाख, १७, २०७९


कपनमा केएमसीको स्वास्थ्य शिविरबाट नौ सय बिरामीको लाभान्वित

काठमाडौं  । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ स्थित कपनमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

स्थानीय शारदा एकेडेमीमा सञ्चालन भएको शिविरमा ९६२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १९३ जनाको रक्त परीक्षण, १६२ जनाको भिडियो एक्सरे र १५४ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३३ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ । राजधानीका विभिन्न स्थानहरूमा सामाजिक संघ संस्थाहरूकाे समन्वयमा केएमसीले निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएकाे छ ।

 















0 प्रतिकृया