Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
बैशाख, ९, २०७९


कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कीर्तिपुर नगरपालिका, काठमाडौं सक्रिय युवा समूह र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

कीर्तिपुर गेट कभर्डहलमा सञ्चालन भएको शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९२ जनाको रक्त परीक्षण, १६७ जनाको भिडियो एक्सरे र १५१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३७ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ ।















0 प्रतिकृया