Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


केएमसीमा अत्याधुनिक उपकरण सहितकाे फिजियोथेरापी पुर्नस्थापना केन्द्र सञ्चालनमा

एक्सन खबर
बैशाख, ८, २०७९


केएमसीमा अत्याधुनिक उपकरण सहितकाे फिजियोथेरापी पुर्नस्थापना केन्द्र सञ्चालनमा

काठमाडौं । राजधानीको काठमाडौं मेडिकल कलेज (केएमसी)ले फिजियोथेरापी पुर्नस्थापना केन्द्र (रिह्याव सेन्टर) सुरु गरेको छ । १५ वर्षदेखि फिजियोथेरापी सञ्चालन गर्दै आएको केएमसीले भक्तपुरको दुवाकोट स्थित केएमसीमा अत्याध्निक उपकरण सहित फिजियोथेरापी पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याएको छ । यो सेवा सिनामंगलमा ओपिडी तथा अन्तरंग सेवामा पनि उपलब्ध रहेको छ ।

अत्याधुनिक प्रविधि तथा दक्ष चिकित्सकहरु सहितको फिजियोथेरापी पुर्नस्थापना केन्द्रमा जटिल प्रकारको उपचारमा रहेका बिरामीहरुलाई विशेष फिजियोथेरापी सेवाहरु दिइने छ । केएमसीका फिजियोथेरापी विभागका विभागीय प्रमुख डा. प्रकाश महतोको अनुसार फिजियोथेरापी पुर्नस्थापना केन्द्रमा हाडजोर्नी भाचिएर सर्जरी गरेका, मेरुदण्डको साधारण तथा जटिल शल्यक्रिया गरेका, हातको जटिल प्रकृतिको शल्यक्रिया गरेका, अर्थोस्पीक सर्जरी गरेका बिरामीहरुलाई सेवा दिइनेछ ।  

यसैगरी न्यूरोलोजी सम्बन्धि रोग लागेका, टाउको तथा मस्तिष्कमा गम्भिर चोट लागेका, प्लाष्टिक सर्जरी गरेका, छाती तथा मुटुरोग सम्बन्धी रोगहरुको फिजियोथेरापी दिई उपचार गराउनु पर्ने बिरामीहरुले पुर्नस्थापना केन्द्रबाट सेवा लिन सक्नेछन् ।  

त्यस्तैगरी, आवश्यक परेमा आइसियू, एनआइसियूमा उपचाररत विरामीहरुलाई समेत यो सेवा दिइनेछ । भने, शारिरीक विकास ढिलो भएका जस्तैः बाँमे सर्न वा हिँड्न ढिलो गरेका, हात खुट्टा कमजोर भएका बच्चाहरुलाई समेत चिकित्सकको परामर्शमा सेवा दिइने व्यवस्था गरिएको छ । यसका अलावा खेलकुदबाट हुने चोटपटक सम्बन्धि फिजियोथेरापी सेवा पनि दिइने छ ।

यी सबै सेवाहरु केएमसीको ओपिडी तथा अन्तरंग सेवाहरुमा उपलब्ध रहेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । ‘दुवाकोटमा अत्याधुनिक फिजियोथेरापी पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याएका छौं, भने, यो सेवालाई सिनामंगलको केएमसीमा पनि दक्ष चिकित्सक तथा जनशक्तिबाट उपलब्ध छ ।’ जेनेरल मेनेजर दाहालले भने ।

विराटनगरमा नोबेल मेडिकल कलेज सञ्चालन गरेर पूर्वी नेपालमा उत्कृष्ट स्वास्थ्य सेवा र चिकित्सा शिक्षा प्रदान गर्दै आइरहेका डा. सुनिल शर्माको दुई वर्षअघि प्रवेश भएसँगै केएमसीको स्वास्थ्य सेवालाई अत्याधुनिक र प्रविधिमैत्री बनाउँदै लगिएको छ । केएमसीमा अब जस्तोसुकै जटिल प्रकारका रोगहरुको दक्ष जनशक्ति तथा अत्याधुनिक उपकरणबाट उपचार हुने गर्दछ । यसबाट राजधानी तथा विदेशमा महंगो शुल्क तिरेर उपचार गर्न जानुपर्ने बाध्यता कम हुँदै गएको छ ।













0 प्रतिकृया