Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


केएमसीको स्वास्थ्य शिविरबाट काभ्रेको दोलाल घाटमा ११ सय बिरामी लाभान्वित

एक्सन खबर


केएमसीको स्वास्थ्य शिविरबाट काभ्रेको दोलाल घाटमा ११ सय बिरामी लाभान्वित

काभ्रे । काभ्रेको भुल्लु गाउँपालिका–७ फलाटेस्थित दोलाल घाटमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय शारदा माध्यमिक विद्यालयको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

विद्यालय प्रांगणमा सञ्चालित शिविरमा ११७२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २१३ जनाको रक्त परीक्षण, १८६ जनाको भिडियो एक्सरे र ९७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ४३ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३७ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

गत बर्षदेखि डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ ।













0 प्रतिकृया